बेनी-जोमसोम-कोरला सडक निर्माण तीव्र गतिमा


काठमाडौं – नेपाल चीन हुँदै तेस्रो देशसम्मको ब्यापारका लागि अत्यन्तै आकर्षक हुने बेनी–जोमसोम–कोरला सडक निर्माण अहिले तीव्र गतिमा अगाडि बढिरहेको छ । कालिगण्डकी करिडोरका नाममा राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत यो आयोजनामा प्रधानमन्त्री कार्यालयको समेत विशेष चासो रहँदै आएको छ ।

म्याग्दीको बेनीदेखि जोमसोमसम्मको ७४ किलोमिटर र जोमसोमदेखि कोरलासम्मको ११० किलोमिटर लामो सडक ११ मिटर चौडा बनाउने गरी एक्साभेटर, लोडर तथा हजारौ श्रमिक खटिइरहेका छन् । नेपालले चीनका विभिन्न बन्दरगाह प्रयोग गर्न पाउने गरी द्विदेशीय समझदारी भएपछि चीनको ग्वाङ्जाओ बन्दरगाहको लाभ लिन यो सडक प्रयोग हुनेछ ।

पोखरा–बाग्लुङ सडक हुँदै मालढुङ्गा–बेनी सडकसँग जोडिएको यो सडक निर्माणमा पहाडी र हिमाली खण्ड पार गर्ने नाकास्थलहरूको पहरा चिर्न ठूलो जनशक्ति र उपकरण परिचालित छन् । चुनौतीपूर्ण मानिएको म्याग्दीको कालीगण्डकी खाँेच, रुप्से झरना आसपासको पहरा फुटाउने कार्य अहिले तीव्र गतिमा भइरहेको छ । कतिपय स्थान नेपाली सेनासँग सहकार्य गरेर ब्लास्टिड नै गर्नुपर्ने खालका छन् । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement