गठबन्धन सरकारको नेतृत्व गर्ने तयारीमा नेतान्याहु

गठबन्धन सरकारको नेतृत्व गर्ने तयारीमा नेतान्याहु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – इजरायलका वरिष्ठ राजनीतिज्ञ तथा पूर्वप्रधामन्त्री बेन्जामिन नेतान्याहुले सरकार गठनका लागि म्यान्डेट प्राप्त गरेका छन् ।

चार वर्षमा पाँचौ पटक भएको नोभेम्बर १ को चुनावले बेन्जामिन नेतान्याहु र उनका अति दक्षिणपन्थी सहयोगीले १२० सिटको संसदमा स्पष्ट बहुमत प्राप्त गरेको थियो ।

‘मैले तपाइ बेन्जामिन नेतान्याहुलाई सरकार गठनका लागि नियुक्त गर्ने निर्णय गरको छु’, राष्ट्रपति इज्याक हर्जोगले जेरुसेलमा आयोजित एक कार्यक्रममा भने ।

म्यान्डेट स्वीकार गर्दै ७३ वर्षीय नेतान्याहुले सम्पूर्ण इजरायलीलाई सेवा गर्ने प्रतिबद्धता जनाउका छन् । ‘मलाई मतदान गर्ने र नगर्ने दुबैलाई सेवा गर्नु मेरो दायित्व हो’, उनले भनेका छन् ।