सेती नदीमा नुहाउने क्रममा डुबेर २ बालबालिका बेपत्ता

सेती नदीमा नुहाउने क्रममा डुबेर २ बालबालिका बेपत्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी – डोटीको सेती नदीमा नुहाउने क्रममा आज शनिबार २ बालबालिका बेपत्ता भएका छन् ।

दिपायल सिलगढी नगरपालिका–४ सेती पुलनजिक नुहाउने क्रममा २ बालबालिका बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तले जानकारी दिए ।

बेपत्ता हुनेमा दिपायल सिलगढी–४ पिपल्ला बजारकी ८ वर्षीया खुसी प्रजापति र सोही ठाउँका साढे २ वर्षीय सिद्धार्थ देउवा रहेका छन् । बेपत्ता दुवैको खोजी कार्य भइरहेको प्रहरी नायव उपरीक्षक श्रीवास्तले बताए ।

खोजीका लागि सुरक्षाकर्मी तथा स्थानीय खटिएको प्रहरीले जानकारी दिएको छ ।