बनहार्ट कलेजले पायो ‘क्यूएए सर्टिफिकेट’

बनहार्ट कलेजले पायो ‘क्यूएए सर्टिफिकेट’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – विश्वविद्यालय अनुदान आयोगले त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित काठमाडौँको बनहार्ट कलेज बाफललाई गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रमाणपत्र (क्यूएए सर्टिफिकेट) प्रदान गरेको छ ।

सो आयोगबाट सञ्चालित उच्च शिक्षाको गुणतस्तर सुनिश्चितता तथा प्रत्यायन प्रणालीमा आबद्ध भई संस्थागत गुणस्तर मूल्याङ्कनका सबै चरण पूरा गरेपछि सो कलेजले सो प्रमाणपत्र प्राप्त गरेको क्याम्पस प्रमुख सहदेव सिग्देलले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

विसं २०६० मा स्थापित सो कलेजमा व्यवस्थापन, मानविकी र विज्ञान विषयमा स्नातक तथा स्नातकोत्तर तहमा गरी करिब ५०० विद्यार्थी अध्ययनरत छन् ।

‘त्रिवि सम्बन्धनमा सञ्चालित उच्च शैक्षिक संस्थामध्ये क्यूएए सर्टिफिकेट पाउने बर्नहार्ट पहिलो निजी कलेज हो, यसले गुणस्रतरीय उच्च शिक्षा सेवा प्रवाह गर्न थप उत्साह मिलेको छ’, उनले भने ।

पठनपाठन, प्रयोगशाला, कलेजको वातावरण, पढाइ योजना लगायतका सूचकाङ्कका आधारमा उक्त प्रमाणपत्र दिइने बताइएको छ ।

यसले गुणस्तरीय शिक्षा पढ्न चाहनेलाई विश्वको जुनसुकै ठाउँमा गए पनि सहज हुनेछ । शिक्षा मन्त्रालयले गत वर्ष सो केलजलाई उत्कृष्ट निजी महाविद्यालयका रुपमा पुरस्कृत गरेको थियो ।