काठमाण्डु– कैलालीमा विषादी सेवन गरेका आमा र छोरीको मृत्यु भएको छ । कैलारी गाउँपालिका–२ बस्ने ३५ वर्षीया मिना चौधरी र उनकी १९ वर्षीया छोरी सुस्मिता चौधरीको मृत्यु भएको हो ।
शुक्रबार दिउँसो कैलारी गाउँपालिकास्थित घरमै नाम नखुलेको विषादी सेवन गरेको अवस्थामा आमा र छोरी भेटिएका उनीहरुको धनगढीको कैलाली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहराले जानकारी दिए ।
उनीहरुको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया