वेस्ट इन्डिजबाट क्रिकेटर गेल आउट


एजेन्सी – युनिभर्सल बोसले परिचित क्रिकेटर क्रिस गेल वेस्ट इन्डिजको टिमबाट आउट भएका छन् । आगामी अगस्ट ३ बाट भारत–वेस्ट इण्डिज क्रिकेट सिरिजमा उनी सहभागि नहुने भएका छन् ।

कार्लोस ब्रैथवेटको कप्तानीमा घोषणा गरिएको टोलीमा गेल अटाएका छैनन् । उसले घोषणा गरेको टोलीमा विश्वकप खेलेका ६ खेलाडीले मात्र मौका पाएका छन् ।

टोलीमा यसरी मौका पाउनेमा आन्द्रे रसेल, निकोलस पुरन, इवान लुइस, शिमरोन हेटमायर, शेल्डन काट्रेल र ओशाने थमस रहेका छन् भने विश्वकप खेलेका जेसन होल्डर, क्रिस गेल, डैरन ब्रावो, एशले नर्स, फैबियन एलेन, शाई होप, केमार रोच र शेनन गैब्रियल टोलीमा परेका छैनन् ।

सिरिजमा दुबै देशले तीन टि–२०, ३ वान डे र दुई टेस्ट म्याच खेल्दैछन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement