बिटोभित्र पनि नक्कली नोट

बिटोभित्र पनि नक्कली नोट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – दशै, तिहार लगायतका चाडपर्व नजिकै आइपुगेपछि बैङ्क तथा वित्तीय संस्थामा नगद जम्मा गर्ने र झिक्नेसँगै बजारमा किनमेल गर्नेको भीड बढ्दो छ । यस्तो अवस्थामा नयाँ नोट चलाउने रहर त सबैलाई हुन्छ नै तर यसप्रति विशेष चनाखो हुनुपर्ने देखिएको छ ।

खिचापोखरीस्थित सनराइज बैङ्कबाट झिकेको एक लाख रुपियाँको बिटोभित्र एउटा नक्कली हजारको नोट भेटिएपछि अनावश्यक तनाव बेहोरेका न्युुरोडका एक ‘क्यारिङ’ व्यवसायी बैङ्कका कर्मचारीको विश्वासमा पर्दा समस्या आएको बताउनुहुन्छ बिटोमा बैङ्कको स्टिकर र छाप हानिएकाले शङ्का गर्नुपर्ने अवस्था थिएन कार्यालयमा भएको थप रकम जम्मा पारी नेपाल बङ्गलादेश बैङ्कमा जम्मा गरेको दुई दिनपछि बैङ्कका कर्मचारीले फोन गरी ‘नक्कली नोट मिसाउने’ भन्दै हप्काएका थिए।

बैङ्कका कर्मचारीले नै सक्कली र नक्कली नोट नचिन्दा केही दिनअघि आफू यस्तो समस्यामा परेको गुनासो ती व्यापारीले गरे नियमित आर्थिक कारोबारका क्रममा विभिन्न बैङ्कबाट नक्कली नोट फेला पर्ने यो एउटा नमुना घटना मात्र होस् नेपाल राष्ट्र बैङ्कका प्रवक्ता डा. गुणाकर भट्ट नोट चिन्ने सजिलो र सरल उपाय रहेको बताउनुहुन्छ नगद गणना गर्दा नक्कली नोट छामेरै चिन्न सकिन्छ उहाँका अनुसार शङ्का लागेमा एक थोपा पानी राख्ने बित्तिकै नक्कली नोट गल्छ।

“राष्ट्र बैङ्कले नोट चिन्न केही सुरक्षण विधि सार्वजनिक गरेको छ तर नगद गणना गरिरहेको व्यक्तिलाई समस्या छैन । भीडभाड तथा अपवादमा नक्कली नोटको समस्या आउन सक्ने भएकाले सर्वसाधारण सचेत हुनुपर्छ’’, उहाँले भन्नुुभयोस् महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख श्यामलाल ज्ञवाली सुरक्षण विशेषताबारे धेरै व्यक्ति जानकार नभएकाले नोट चिन्न औँलाले छुनैपर्ने बताउनुहुन्छ बैङ्कको ‘नोट डिटेक्टर’ मेसिनले गणना मात्र गर्ने हो, बिटोभित्रको नक्कली नोट चिन्न औँलाले गन्नैपर्ने हुन्छ।

चाडबाडको समयमा काठमाण्डु उपत्यकामा मात्र नभई मुलुकका मुख्य सहरमा पाँच सय र एक हजार दरका नक्कली नोट प्रयोग हुने गरेको देखिएको छ। नक्कली नोट उत्पादन हुने गरे पनि परीक्षणका लागि भने नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठान (नास्ट) र प्रहरीको विधि विज्ञान प्रयोगशाला मात्र छन्बैङ्कका कर्मचारी पनि बिटोभित्र लुकाइराखेको नक्कली नोटप्रति जानकार नहुने गरेको पाइएको छस् बङ्गलादेश बैङ्कका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुङ्गाना बैङ्क कर्मचारीको लापरबाहीभन्दा ग्राहकबाटै नक्कली नोट आउने गरेको बताउनुहुन्छ।यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।