सेनाका पांच महासेनानी सहायकरथीमा बढुवा सिफारीस 


काठमाडौं– नेपाली सेनाका पांच महासेनानी सहायकरथीमा बढुवा सिफारीस भएका छन् । सेनाका बलाध्यक्षरथी शरद गिरीको अध्यक्षतामा बसेको वोर्ड वैठकले उनिहरुलाई सहायकरथीमा बढुवा सिफारीस गरेको हो । 

महासेनानीहरु विष्णु रावत, सन्तोषवल्लभ पौडेल, पवनकुमार घिमिरे, चोकबहादुर ढकाल र पदम बहादुर सिंह सहायकरथीमा बढुवा सिफारीस भएका हुन् । 

सहायकरथीमा बढुवा भएका पौडेल र घिमिरे २७ वेसिकका सैनिक अधिकृत हुन् भने ढकाल,रावत र सिंह २८ वेसिकका सैनिक अधिकृत हुन् । 

प्रतिक्रिया दिनुहोस
Advertisement