काठमाडौं – नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक (डीआईजी)विश्वराज पोखरेलले संयुक्त राष्ट्र संघको अनुरोधमा शान्ति स्थापनार्थ मालीस्थित मिनुसमा मिसनमा खटी जाने प्रहरी नायव उपरीक्षक भावना श्रेष्ठलाई आइतबार बिदाइ गरेका छन् ।
उक्त अवसरमा प्रहरी नायव महानिरीक्षक पोखरेलले नेपाल प्रहरीको तर्फबाट पहिलो प्रतिनिधित्व गर्दै मालीमा खटिने अवसर पाएकोमा बधाई दिँदै संयुक्त राष्ट्र संघको भावना अनुरुप काम गर्नुपर्ने बताए ।
मिसनमा रहँदा उत्कृष्ट काम गर्नुपर्नेमा जोड दिँदै उनले प्रहरी नायव उपरीक्षक श्रेष्ठको सफल कार्यकालको कामना समेत गरे । प्रहरी नायव उपरीक्षक श्रेष्ठ आजै त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।




प्रतिक्रिया