भवानी खापुङद्धारा राज्यमन्त्रीको प्रस्ताव अस्वीकार, नेकपा एसमा कसले पाए कुन मन्त्रालय ?

भवानी खापुङद्धारा राज्यमन्त्रीको प्रस्ताव अस्वीकार, नेकपा एसमा कसले पाए कुन मन्त्रालय ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एकीकृत समाजवादी पार्टीका सांसद भवानीप्रसाद खापुङले फुल मन्त्री नपाए सरकारमा नजाने बताएका छन् । एकीकृत समाजवादीले गठबन्धनको भागबण्डा मिलाउँदा चार मन्त्रालय मात्र पाउने भएपछि खापुङलाई राज्यमन्त्री बनाउने तयारी थियो ।

खापुङले राज्यमन्त्री बन्न गरेको प्रस्ताव अस्वीकारको गरेको एक नेताले बताए । यद्यपि खापुङलाई मनाउने प्रयास जारी रहेको ती नेताको भनाइ छ । तर खापुङले भने आफूलाई राज्यमन्त्रीको प्रस्ताव पनि नआएको निकटस्थलाई बताएका छन् ।

तेह्रथुमबाट प्रतिनिधि सभामा निर्वाचित भएका उनले काँग्रेसका केन्द्रीय सदस्य सीता गुरुङलाई पराजित गरेका थिए । यता एकीकृत समाजवादीले आफ्नो तर्फबाट सरकारमा सहभागी हुने चार जनाको नाम टुंगो लगाएको छ ।

एकीकृत समाजवादीले आफूले पाएका चार मन्त्रालय क्रमशः शहरी विकासमा विरोध खतिवडा, स्वास्थ्यमा रामकुमारी झाँक्री, पर्यटनमा प्रेम आले र श्रममा किसान श्रेष्ठलाई पठाउने निर्णय गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आजै मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी छ । लामो समय वितिसक्दासमेत मन्त्रिपरिदलाई पूर्णता दिन नसकेका देउवाले आज १८ जना मन्त्री थप्न लागेका हुन् ।