काठमाण्डु – भारतीय जनता पार्टीका नेता भगतसिंह कोशियारी गणेशमान सिंह फाउण्डेसनले गर्न लागेको कार्यक्रममा नआउने भएका छन्
सत्तारूढ दल नेपाली कांग्रेसले नेपाल-भारत सम्बन्ध सुदृढ गर्न भारतका पूर्वप्रधानमन्त्री चन्द्रशेखरजीले पुर्याउनु भएको योगदान’ विषयमा विचार गोष्ठी गर्न लागेको थियो ।
कांग्रेस सभाापति शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा सहभागी हुन भारतीय जनता पार्टीका नेता भगतसिंह कोशियारी आइतबार काठमाडौं आउने भनिएपनि अन्तिममा उनको भ्रमण स्थगित भएको छ ।
कोशियारीले सुरूमा कार्यक्रममा आउने जानकारी दिएपनि अन्तिममा भाजपाको नेतृत्वको निर्देशनपछि उनको भ्रमण रोकिएको स्रोतले बतायो ।
कार्यक्रमा सहभागी हुन बहुजन समाज पार्टीका नेता सुधिन्द्र भदोरिया भने शनिबार नै काठमाडौं आइसकेका छन् । भारतीय नेताहरु आमन्त्रण गरेर हुने कार्यक्रमको संयोजन पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले गरेका छन् । कांग्रेसका संस्थापक नेता गणेशमान सिंहको निवास चाक्सीवारीमा २०४६ को आन्दोलन अघि सम्मेलन हुँदा भारतका पूर्व प्रधानमन्त्री चन्द्रशेखर आमन्त्रित थिए ।
चन्द्रशेखर सहभागी भएको कांग्रेसको सम्मेलनले गणेशमानलाई संयुक्त जनआन्दोलनको कमाण्डर घोषणा गरेको थियो ।
प्रतिक्रिया