आगामी बजेटमा महिला अधिकार हेर्ने छुट्टै निकायको व्यवस्था हुन्छ : मन्त्री चौधरी

आगामी बजेटमा महिला अधिकार हेर्ने छुट्टै निकायको व्यवस्था हुन्छ : मन्त्री चौधरी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले महिला अधिकारको क्षेत्रमा काम गर्न छुट्टै निकायको व्यवस्था गरिने बताएकी छन् ।

११४औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर मन्त्रालयले आज शुक्रबार आयोजना गरेको कार्यक्रममा नवनियुक्त मन्त्री चौधरीले यसअघिको सरकारले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तर्गत रहेको महिला तथा बालबालिका विभाग खारेज गर्ने निर्णय गरेकोप्रति असन्तुष्टि व्यक्त गरिन् ।

मन्त्री चौधरीले महिला हिंसाको घटना बढिरहेको बेला विभाग खारेज गरेकोमा असन्तुष्टि व्यक्त गर्दै सरकारले आगामी आर्थिक वर्षको बजेटमा महिला अधिकार सम्बन्धी हेर्ने छुट्टै संस्थाको व्यवस्था हुने गरी बजेट ल्याउने बताइन् ।

सरोकारवाला निकाय र विज्ञहरूले पनि महिला विकासको क्षेत्र हेर्ने छुट्टै निकायको आवश्यकता औंल्याएकाले सरकारले आगामी बजेट, नीति तथा कार्यक्रममा व्यवस्था हुने बताइन् । मन्त्री चौधरीले राजनीतिक क्षेत्रमा महिलाको सहभागिता ३३ प्रतिशतबाट बढाएर ५१ प्रतिशत पुगाउने लक्ष्य महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले पनि लिएको बताइन् ।