राजस्थानमा भजनलाल शर्मालाई मुख्यमन्त्री बनाउने निर्णय


काठमाण्डु – भारतको राजस्थान राज्यमा भजनलाल शर्मालाई मुख्यमन्त्री बनाउने निर्णय भएको छ ।

हालैको विधानसभा चुनावमा भारतीय जनता पार्टी (भाजपा) ले बहुमत ल्याएपछि विधायक दलको बैठकले शर्मालाई मुख्यमन्त्री बनाउने निर्णय गरेको हो ।

राजस्थानमा पर्यवेक्षक खटिएका केन्द्रीय मन्त्री राजनाथ सिंह, विनोद तावडे र सरोज पाण्डेयले सर्वसम्मति जुटाएर मुख्यमन्त्री चुनेका हुन् ।

राज्य सरकारमा दिया कुमारी सिंह र प्रेम चन्द वैरवा उपमुख्यमन्त्री बन्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । राज्यका पूर्व मुख्यमन्त्री वसुन्धरा राजेको प्रस्तावमा मुख्यमन्त्री शर्माको नाम सर्वसम्मतिले पारित गरिएको पर्यवेक्षक सिंहले घोषणा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement