काठमाण्डु – नेकपा (एकीकृत समाजवादी) ले एमालेका नेता भानुभक्त जोशीलाई स्थायी कमिटी सदस्य बनाउने भएको छ । बिहीवार काठमाण्डुको अर्पण बैंक्वेटमा आयोजित कार्यक्रममा अध्यक्ष माधवकुमार नेपालले जोशीलाई पार्टीमा प्रवेश गराउँलै स्थायी कमिटी सदस्य बनाउने घोषणा गरेका हुन् ।
अध्यक्ष नेपालले जोशीलाई एकीकृत समाजवादीको स्थायी कमिटी सदस्य बनाउने घोषणा गर्दै नेकपा एमालेका नेता केपी शर्मा ओली सबै हिसाबले कम्युनिष्ट आन्दोलन र आदर्शबाट च्यूत भइसकेको आरोप लगाएका छन् ।
कार्यक्रममा नेकपा एमालेबाट नेकपा (एकीकृत समाजवादी) पार्टीमा प्रवेश गरेका नेता जोशीले १० बुँदे सहमति तथा अन्तर पार्टी निर्देशनका निर्णयसमेत कार्यान्वयन नभएकोले पार्टी परिवर्तन गरेको दावी गरेका छन् ।
उनले पछिल्लो समय एमाले पार्टीमा फेरि आग्रह पूर्वाग्रह यथावत रहेको पाइएको भन्दै नेकपा एकीकृत प्रवेश गरेको बताए ।




प्रतिक्रिया