कर्मचारीमा कोरोना भएपछि जिल्ला प्रशासन कार्यालय भक्तपुरका सबै सेवा बन्द

कर्मचारीमा कोरोना भएपछि जिल्ला प्रशासन कार्यालय भक्तपुरका सबै सेवा बन्द

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कोरोना भाइरसको संक्रमण बढेको भन्दै जिल्ला प्रशासन कार्यालय भक्तपुरले सबै सेवा बन्द गरेको छ ।

आफ्ना केही कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि प्रशासनले कात्तिक २ गतेदेखि अनिश्चितकालसम्मका लागि सेवा बन्द गर्ने निर्णय गरेको प्रशासकीय अधिकृत यज्ञराज जोशीले जानकारी दिए ।

‘सेवाग्राहीहरुको भीडभाड बढिरहेको र कार्यालयबाटै सेवाग्राहीहरुमा कोरोना संक्रमण फैलिन सक्ने भएकाले कात्तिक २ गतेबाट अर्को सूचना जारी नभएसम्मका लागि सबै सेवा बन्द गरिएको छ’, सूचनामा भनिएको छ ।

कार्यालयका कर्मचारीमा कोरोना भाइरसको संक्रमण भएको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाण्डुले पनि सबै सेवा बन्द गरिसकेको छ ।