भत्किएला त यसपटक नेमकिपाको किल्ला ?

भत्किएला त यसपटक नेमकिपाको किल्ला ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – २०४८ सालदेखिका हरेक निर्वाचनमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले जित्दै आएको क्षेत्र हो भक्तपुर–१ ।

भक्तपुर–१ लाई नेमकिपाको गढ र नारायणमान बिजुक्छे ‘रोहित’ को किल्लाको रूपमा पनि चिनिन्छ ।

किनभने २०४८ सालदेखि यहाँ नेमकिपाले नै जित्दै आएको छ । नेमकिपाको गढ मानिएको भक्तपुर–१मा अन्य दललाई चुनाव जित्न गाह्रै हुन्छ ।

३४ वर्षदेखिको नेमकिपाको गढ यसपटक भत्एिकला कि नभत्किएला अझै विश्लेषण गर्ने समय आइसकेको छैन ।

भक्तपुर र चाँगुनारायण नगरपालिका रहेको भक्तपुर–१मा अध्यक्ष विजुक्छे २०४८, २०५१, २०५६, २०६४ र २०७० सम्म लगातार पाँच पटक निर्वाचित भए ।

२०७४ मा भएको निर्वाचनमा उनले संसदीय राजनीतिबाट विश्राम लिदै उम्मेदवारी दिएनन् । उनको स्थानमा सचिव प्रेम सुवाल आए र २०७२ र २०७९मा भएको चुनाव जिते ।

सुवाल तेस्रो पटक पनि अहिले नेमकिपाका उम्मेदवार बनेका छन् । यसअघि उनी २०७० मा समानुपातिकबाट दोस्रो संविधानसभामा पुगेका थिए ।

यसपटक यस क्षेत्रमा नेपाली कांग्रेसले नेपाल बार एशोसिएसन भक्तपुरका पूर्व अध्यक्ष किरण न्यौपाने र एमालेले चाँगुनारायण नगरपालिकाका पूर्व मेयर सोमप्रसाद मिश्रलाई मैदानमा उतारेको छ ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका रुकेश रञ्जितसहित विभिन्न दलका १६ र ९ जना स्वतन्त्र गरी २५ उम्मेदवार चुनावी प्रतिस्पार्धामा छन् ।

यसपटक नेमकिपाको किल्ला भत्काउने रणनीति अरु दलको छ भने हारविहीन भएर विरासत जोगाउने दाउमा नेमकिपा छ ।

भक्तपुर–१मा ५२ हजार ६६ पुरुष र ५४ हजार ९८८ महिला गरी कुल एक लाख ७ हजार ४४ मतदाता छन् ।