भक्तपुरमा कार्यतालिका बनाएर सेवा प्रवाह, मास्क नलगाउनेमाथि कडा कारबाही

भक्तपुरमा कार्यतालिका बनाएर सेवा प्रवाह, मास्क नलगाउनेमाथि कडा कारबाही

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जिल्ला प्रशासन कार्यालय भक्तपुरले कार्यतालिका बनाएर सेवाग्राहीलाई सेवा दिने भएको छ ।

कोरोना भाइरस संक्रमणलाई मध्यनजर गर्दै प्रशासनले आइतबार देखि लागू हुनेगरी प्रत्येक सेवामा २० जनाभन्दा बढी सेवाग्राही बस्ने नपाउने नियम बनाएको छ । प्रशासनले नागरिक, नावालिग परिचयपत्र, राहदानी, हातहतियार दर्ता नवीकरण, संघसंस्था दर्ता नवीकरणका लागि कार्यतालिका बनाएको छ ।

प्रशासनले सेवा लिन आउने सेवाग्राहीले अनिवार्य रुपमा स्वास्थ्य मापदण्ड लागू गर्नुपर्ने बताइएको छ । मास्क नलगाइए कार्यालय परिसर भित्र प्रवेश गरेको पाइए संक्रामक रोग ऐन २०२० अनुसार कारबाही हुने प्रशासकीय अधिकृत यज्ञराज जोशीले जानकारी दिए ।