भक्तपुर – सर्यविनायकस्थित नलिनचोकमा टिपरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मंगलबार भएको दुर्घटनामा स्कुटर चालक ३७ वर्षीय पदमबहादुर श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जगातीबाट साँगातर्फ जाँदै गरेको बा४ख ५६७१ नम्बरको टिपरलाई सोही दिशातर्फ जाँदै गरेको प्रदेश ३–०२–००३ प १२६६ नम्बरको स्कुटरले ओभरटेक गर्ने क्रममा दुर्घटना भएको हो । मृतक काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–९ का स्थानीय हुन् ।
उनी हाल भक्तपुर सुर्य्विनायक–८ सिपाडोलमा बस्दै आएका थिए । टिपर चालकलाई प्रहरीले पक्राउ गरेको छ ।




प्रतिक्रिया