भक्तपुरमा एकैपटक चार वटा बस एकापसमा ठोक्कियो, १५ जना घाइते

भक्तपुरमा एकैपटक चार वटा बस एकापसमा ठोक्कियो, १५ जना घाइते

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर – भक्तपुरको गठ्ठाघरमा भयानक दुर्घटना भएको छ । गठ्ठाघरको आकासे पुल नजिकै एउटा बसले तीन वटा बसलाई ठक्कर दिँदा बसमा सवार १५ जना यात्रु घाइते भएका छन् ।

काठमाडौंबाट सिन्धुली जाँदै गरेको बा ४ ख ५७९४ नम्बरको बसले अन्य बा ३ ख ७०९३, ना ६ ख ७१८५ र बा ५ ख ४०२९ नम्बरको दुई वटा बसलाई ठक्कर दिएको हो ।

घाइतेमध्ये ५ जना सामान्य उपचारपछि घर फर्किएका छन् भने अन्यको उपचार भइरहेको प्रहरीले जनाएको छ । चालकको लापरबाहीले दुर्घटना भएको प्रहरीले जनाएको छ ।