काठमाण्डु – भक्तपुरमा एकै परिवारका तीन जना मृत फेला परेका छन् । भक्तपुरको मध्यपुर थिमी नगरपालिका–९ निकोसेरामा एकै परिवारका तीन जनाको शव फेला परेको प्रहरीले जनाएको छ ।
महानगरीय अपराध महाशाखाको प्रमुखमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीपक थापाले घटनास्थलमै रहेकाले तत्काल केही भन्न नसक्ने बताए ।
‘हामी सबै घटनास्थलमै छौं । अहिले केही भन्न सक्ने अवस्था छैन्’, काठमाण्डुपाटीसँग कुरा गर्दै उनले भने ।
मृतकमध्ये घरमा ३६ वर्षीय सुदीप अधिकारी, उनकी श्रीमती ३४ वर्षीया सम्झना अधिकारी र १५ वर्षीय छोरा सुशान्त अधिकारी रहेका छन् । तीनजनासँगै घरमा पालेको कुकुरसमेत मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया