उपनिर्वाचन : भक्तपुरमा नेकपालाई पछि पार्दै कांग्रेस २४३६ मतअन्तरले अगाडी

उपनिर्वाचन : भक्तपुरमा नेकपालाई पछि पार्दै कांग्रेस २४३६ मतअन्तरले अगाडी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर – प्रदेशसभा सदस्यअन्तर्गत भक्तपुर क्षेत्रनम्बर १ (क)मा नेपाली कांग्रेसका उम्मेदवार कृष्णलाल भडेलले अग्रता लिएका छन् ।

शनिबार सम्पन्न उपनिर्वाचनमा चाँगुनारायण नगरपालिकाका १, २, ३, ४, ५, ६ र ७ नम्बर वडाको मतगणना सकिँदा कांग्रेस उम्मेदवार कृष्णलाल भडेल २ हजार ४ सय ३६ मतअन्तरले अग्रता लिएका हुन् ।

कांग्रेस उम्मेदवार भडेलले १० हजार ३ सय ९५ र नेकपाका उम्मेदवार डीपी ढकालले ७ हजार ९ सय ५९ मत पाएका छन् । यसैगरी नेमकिपाका उम्मेदवार निरज लवजुले २ हजार २ सय ४७ मत पाएका छन् । उक्त वडामा कुल ३२ हजार ३७ मत खसेको थियो ।