भक्ति थापालाई राष्ट्रिय विभूति घोषणा गर्ने सरकारको निर्णय

भक्ति थापालाई राष्ट्रिय विभूति घोषणा गर्ने सरकारको निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले भक्ति थापालाई नेपालको राष्ट्रिय विभूति घोषणा गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले थापालाई राष्ट्रिय विभूतिमा समावेश गर्ने निर्णय गरेको हो ।

योसँगै राष्ट्रिय विभूतिको संख्या १७ पुगेको छ । नेपाल–अंग्रेज युद्धका योद्धा थापालाई लामो समयदेखि राष्ट्रिय विभूति घोषणा गर्न माग गरिँदै आएको थियो ।

७३ वर्षको उमेरमा देउथलमा तत्कालीन इस्ट इन्डिया कम्पनी (अंग्रेज) विरुद्ध खुकुरी लिएर लडेका थापाको यही लडाइँमा मृत्यु भएको थियो ।