भक्तपुर क्यान्सर अस्पतालले माग्यो १४ कर्मचारी

भक्तपुर क्यान्सर अस्पतालले माग्यो १४ कर्मचारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भक्तपुर क्यान्सर अस्पतालले ६ महिने करार सेवामा १४ जना कर्मचारीका लागि दरखास्त आह्वान गरेकाे छ । बुधबार सार्वजनिक सूचना जारी गर्दै अस्तालले विभिन्न ६ पदमा १४ जना कर्मचारीका लागि दरखास्त आह्वान गरेको हो ।

अस्पतालले एक जना फार्मेसी अधिकृत मागेको छ । जसका लागि बि फर्मा उत्तीर्ण भएर फार्मेसी काउन्सिलबाट लाइसेन्स पाएको हुनुपर्ने छ ।

पाँच जना फार्मेसी सहायक माग गरेको अस्पतालले त्यसका लागि योग्यता फार्मेसीमा प्रविणता प्रमाणपत्र तह तोकेको छ । लाइसेन्स अनिवार्य भनिएको छ ।

रेडियोलोजीमा प्रविणता प्रमाणपत्र तह उत्तीर्ण भइ स्वास्थ्य व्यवसायी परिषदबाट लाइसेन्स लिएकाले रेडियोग्राफर टेक्निसियनका लागि दरखास्त दिन सक्नेछन् । तर, यो पदका लागि एउट मात्र सिट छ ।

अस्पतालले एक जना सहायक कम्युटर अपरेटर, दुई जना ल्याब असिस्टेन्ट र चार जना रिसेप्सेनिस्टका लागि पनि दरखास्त आह्वान गरेको छ । योग्यता पुगेका उम्मेदवारले १५ दिनभित्र आवेदन दिनसक्नेछन् ।