क्षतिग्रस्त सिंहदरबारको अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी

क्षतिग्रस्त सिंहदरबारको अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जेनजी आन्दोलनका क्रममा आगलागी र तोडफोडबाट क्षतिग्रस्त बनेको सिंहदरबार परिसरको पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आईतबार अवलोकन गरेका छन् ।

सिंहदरबारको भौतिक अवस्था निरीक्षणपछि पूर्वराष्ट्रपति भण्डारीले घटनाप्रति गहिरो दु:ख व्यक्त गर्दै यस्तो संवेदनशील सरकारी संरचनामा भएको क्षति नेपाली जनताका लागि दुखद भएको बताइन् ।

उनले भनिन्, ‘भदौ २४ गते भएको घटनामा सरकारी भवनहरूमा तोडफोड, आगजनी र लुटपाटजस्ता गतिविधि भए । सिंहदरबारको अवस्था परिवर्तन भएको देख्दा धेरै दु:ख लाग्यो । नेपाल सरकारले छिट्टै पुनर्निर्माण गरी पुरानै अवस्थामा ल्याउनेछ भन्ने आशा गर्दछु ।’

भण्डारीले जेनजी आन्दोलनका क्रममा सरकारी संरचनामाथि गरिएको आक्रमण आवश्यक नभएको उल्लेख गर्दै यस्तो घटना देशको इतिहासमै अत्यन्त दु:खद भएको टिप्पणी गरिन् ।

उनले भनिन्, ‘जेनजी आन्दोलनमा सरकारी भवनहरुमा यस्तो गर्नुपर्ने थिएन, नेपाली जनताको लागि एउटा दु:खद घटना भयो । नेपालको इतिहासमा कहिले नभएको दु:खद एउटा घटना घट्यो ।’