काठमाण्डु – काभ्रेपलाञ्चोकको प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार बदनकुमार भण्डारी भारी मतले विजयी भएका छन् ।
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मत परिणाम अनुसार रास्वपाका उम्मेदवार भण्डारीले नेपाली कांग्रेसका उम्मेदवार मधुप्रसाद आचार्यलाई ३५ हजार ४७६ मतान्तरले पराजित गरेका हुन् ।
भण्डारीले ५३ हजार ३४४ मत ल्याएका छन् भने कांग्रेसका आचार्यले १७ हजार ८६८ मत ल्याएका छन् । नेकपाका अशोककुमार ब्याञ्जु श्रेष्ठले १३ हजार ९४० मत ल्याएका छन् ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) उम्मेदवार बसुन्धरा हुमागाईंले ८ हजार १०७ मत प्राप्त गर्दा उज्यालो नेपाल पार्टीका उम्मेदवार ज्योत्सना सैजुले ३ हजार ७४९ मत र राप्रपाका रञ्जित श्रेष्ठले १ हजार १२५ मत प्राप्त गरेका छन् ।
काभ्रे–२ मा १६ राजनीति दल र ८ स्वतन्त्र गरी २४ जनाले उम्मेदवारी दिएका थिए । यसअघि २०७९ सालमा काभ्रे २ मा एमालेका गोकुल बास्कोटाले जितेका थिए ।




प्रतिक्रिया