काठमाण्डु – राष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार मुस्ताङमा रहेकाे प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ पुगेकी छन् । मुक्तिनाथको दर्शनसँगै भगवान् बुद्धको मूर्ति अनावरण र भगवान् विष्णुको मूर्ति शिलान्यास गर्न उनी त्यहाँ पुगेकी हुन् ।
राष्ट्रपति भण्डारी आज बिहान करिब ८ बजे मुक्तिनाथ पुगेकी हुन् । राष्ट्रपतिबाट मुक्तिनाथको रानीपौवामा निर्माण गरिएको ‘लो मुस्ताङ हिमालयन रिसोर्ट’को पनि उद्घाटन हुने जनाइएको छ ।




प्रतिक्रिया