राष्ट्रपति भण्डारीद्वारा चिनियाँ राष्ट्रपति सी जिन पिङको स्वागत (फोटोफिचर)

राष्ट्रपति भण्डारीद्वारा चिनियाँ राष्ट्रपति सी जिन पिङको स्वागत (फोटोफिचर)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपीशर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन् । दुई दिने राजकीय भ्रमणका लागि आएका सीलाई राष्ट्रपति भण्डारीले विमानस्थल नजिकै गएर स्वागत गरेकी हुन् ।

राष्ट्रपतिले स्वागत गरे लगत्तै उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गरेका हुन् ।  राष्ट्रपति सीको सम्मानमा नेपाली सेनाले विमानस्थलमै ‘गार्ड अफ अनर’ दिएको छ।  चीनका राष्ट्रपति सी विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा  ४ः४५ बजे अवतरण भएका थिए ।