काठमाण्डु – भन्सार विभागले कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका भन्सार अधिकृत चक्रदेव भट्टलाई तत्काल जिम्मेवारीबाट हटाएर विभागमा हाजिर हुन पत्राचार गरेको छ ।
भन्सार अधिकृत भट्ट र सशस्त्र प्रहरी बल नेपाल ३४ गण कैलालीका एसपी खुमबहादुर केसीबिच भएको कुराकानीको अडियो रेकर्ड सार्वजनिक भएपछि घटनामाथि थप बुझ्नुपर्ने भएकाले भट्टलाई जिम्मेवारीबाट हटाइएको छ ।
भन्सार अधिकृत भट्टले एसपी केसीलाई थर्काउने शैलीमा कुराकानी गरेको विषयमा थप अध्ययन तथा बुझाइ आवश्यक देखिएकाले तत्कालका लागि भन्सार अधिकृत भट्टलाई कार्यालयको जिम्मेवारीबाट अलग गरिएको विभागले जनाएको छ ।




प्रतिक्रिया