१० महिनामा ३१ अर्ब मूल्य बराबरका सवारीसाधन नेपाल भित्रिए, २० अर्ब राजस्व संकलन

१० महिनामा ३१ अर्ब मूल्य बराबरका सवारीसाधन नेपाल भित्रिए, २० अर्ब राजस्व संकलन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– वीरगञ्ज भन्सार कार्यालयबाट चालु आर्थिक वर्षको पहिलो १० महिनामा ३१ अर्ब ३१ करोड मूल्यबराबरका सवारीसाधन तथा तिनका पार्टपुर्जा आयात भएका छन् ।

गत आवको सोही अवधिको तुलनामा चालु आवको यो अवधिमा आयात ९ अर्ब ६५ करोडले बढेको हो ।

कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार सवारीसाधन र पार्टपुर्जाको आयात बढेसँगै चालु आवको १० महिनामा २० अर्ब ५२ करोड राजस्व सङ्कलन भएको छ । गत आवको सोही अवधिमा १६ अर्ब ६४ करोड राजस्व सङ्कलन भएको थियो ।

चालु आवको १० महिनामा १ अर्ब २५ करोड बराबरका सवारीसाधनको आयातबाट ३ अर्ब १७ करोड राजस्व सङ्कलन भएको छ । यसैगरी ७ अर्ब ३२ करोड बराबरका मूल्य पर्ने ५१ हजार ४२३ वटा ‘अन एसेम्बल्ड’ मोटरसाइकल आयातबाट ७ अर्ब ९ अर्ब राजस्व असुली भएको छ ।