भन्सार छली गरि ल्याएको १० लाख बराबरको कपडा बरामद

भन्सार छली गरि ल्याएको १० लाख बराबरको कपडा बरामद

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – महोत्तरीमा सशस्त्र प्रहरीले भन्सार छलेर ल्याएको कपडा बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल राजस्व तथा भन्सार सुरक्षा नं. १३ गुल्मले १० लाख रुपैयाँभन्दा बढीको रेडिमेड कपडा, थान कपडा, सारी तथा अन्य विभिन्न कपडाहरु बरामद गरेको हो ।

सम्सी गाउँपालिका वडा नं. ४ गैढाभेटपुरको १६ नं. पिलर सिमाना क्षेत्रमा रहेको धानखेतबाट सोमवार मध्यराति बेवारिसे अवस्थामा फालिएको उक्त परिमाणको कपडाहरु सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिएको छ ।

दशैंलाई लक्षित गरी सम्सी नाका हुँदै गौशाला तथा जिल्लाका अन्य भागमा राजस्व छलेर पुर्याउन लागेको सूचनाको आधारमा उक्त कपडाहरु बरामद गरी नियन्त्रणमा लिइएको गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक राजेश्वर पोखरेलले जानकारी दिए । उनले नियन्त्रणमा लिइएको सामानहरु मङ्गलवार नै जलेश्वर भन्सार कार्यालयमा बुझाइने बताए ।

सीमा नाकामा चाडपर्वको समयमा तस्करी बढेको छ । पछिल्लो समय भन्सार गुल्मले महोत्तरीको विभिन्न नाकाबाट सामान बरामद गरेको भएपनि तस्करीमा संलग्न कसैलाई पनि पक्राउ गर्न भने सकेको छैन ।यो समाचार आजको आर्थिक अभियानमा छ ।