स्वास्थ्यमन्त्रीको कोरोना रिपोर्ट नेगेटिभ

स्वास्थ्यमन्त्रीको कोरोना रिपोर्ट नेगेटिभ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको कोरोना भाइरस संक्रमणको रिपोर्ट नेगेटिभ आएको छ । मंगलबार गरिएको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको हो ।

मन्त्री ढकालले टिचिङ अस्पतालमा रहेका बिरामीलाई भेटेका थिए । उनले भेट गरेका बिरामीमा कोरोना पोजेटिभ देखिएको थियो । रिपोर्ट नआउन्जेल मन्त्री ढकाल सेल्फ क्वारेन्टाइनमा बसेका थिए ।

मंगलबार बिहान इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको टोलिले मन्त्री ढकालको स्वाब लिएको थियो । रिपोर्ट नेगेटिभ आएसँगै मन्त्री ढकाल मन्त्रालयमा नियमित कममा फर्किएका छन् ।

त्यस्तै स्वास्थ्यमन्त्रालयका कर्मचारीहरुको पनि कोरोना परीक्षण हुने भएको छ । कोरोना परीक्षणका लागि स्वाव संकलन गरिएको छ ।