कोरोना महामारीमा राजनीति मिसियोः स्वास्थ्यमन्त्री ढकाल

कोरोना महामारीमा राजनीति मिसियोः स्वास्थ्यमन्त्री ढकाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोनामा राजनीतिको प्रवेश भएको बताएका छन् ।

मन्त्रालयमा कान्ति बाल अस्पतालको ई–टिकेटिङ एप्स सार्वजनिक गर्दै मन्त्री ढकालले राजनीति सवार कोरोनालाई व्यवस्थापन गर्न कठिन भएको बताए ।

पीसीआर परीक्षणको दायरा बढाउन माग गर्दै पछिल्लो समय सरकारविरुद्ध भइरहेका प्रदर्शनहलाई लक्षित गर्दै मन्त्री ढकालले कोरोनामा राजनीति मिसिने खतराहरु बढेको बताए ।

‘सुरुमा रोगबाट मात्रै आक्रान्त थियौँ हामी, पछिल्लो दिनमा राजनीति पनि मिसियो’, उनले भने, ‘ खतराहरु बढ्दै गएको हुनाले अब राजनीतिक कोरोनासँग लड्नका लागि विश्वको भन्दा फरक मोडालिटीमा प्रवेश गर्न लागेका छौँ ।’

मन्त्री ढकालले विश्वका अन्य कुनै पनि मुलुकमा राजनीतिक नेतृत्व र सरकारको आलोचना भन्दा पनि कोरनाविरुद्ध कसरी लड्न सकिन्छ भन्ने हिसाबले काम भए पनि नेपालमा त्यसो हुन नसकेको बताए । पछिल्लो १/२ दिनका घटना हेर्दा कोरोनामा राजनीति प्रवेश गरेको पुष्टि हुने उनको दावी थियो ।

मन्त्री ढकालले ई–टिकेटिङ प्रविधि सुरुभएसँगै समयको बचत हुनुका साथै आर्थिक अनियमितताको सम्भावना नुहने बताए । जनशक्ति व्यवस्थापनमा पनि यसले सहज गर्ने उल्लेख गर्दै उनले परिचयका आधारमा द्रूत सेवा प्राप्त हुन्छ भन्ने धारणा हराउँदै जाने बताए ।