३ दिनमा चीनबाट स्वास्थ्य सामाग्री ल्याउँछौं, सेनाबाट प्रभावित क्षेत्रमा पुर्याइन्छः मन्त्री ढकाल

३ दिनमा चीनबाट स्वास्थ्य सामाग्री ल्याउँछौं, सेनाबाट प्रभावित क्षेत्रमा पुर्याइन्छः मन्त्री ढकाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – स्वास्थ्यमन्त्री भानुभक्त ढकालले चीनबाट स्वास्थ्य सामग्री ल्याउने तयारी भइरहेको बताएका छन् ।

बुधबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्री ढकालले आगामी तीन दिनभित्र चीनबाट स्वास्थ्य सामग्री ल्याइसक्ने बताए । ‘तत्कालै मित्रराष्ट्र चीनबाट स्वास्थ्य सामग्री ल्याउँछौं । ३ दिनभित्र ल्याउन सफल हुन्छौं’, उनले भने ।

उक्त सामग्री स्वास्थ्य मन्त्रालयको समन्वयमा सेना, प्रहरी र यातायात मन्त्रालयमार्फत प्रदेश, जिल्ला र प्रभावित क्षेत्रमा पु‍र्याइने छ ।