काठमाडौं – स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले सरकारी अस्पतालमा उपचाररत बिरामीलाई कर्मचारी, एम्बुलेन्स र ट्याक्सी ड्राइभरको मिलेमतोमा निजी अस्पतालमा रिफर गर्ने प्रवृत्ति रहेको बताएका छन् ।
कान्ति बाल अस्पतालको ५८ औं वार्षिकोत्सकव समारोहमा बोल्दै मन्त्री ढकालले मिलिभगतमा कमिशन खाने गरेको दाबी गरे ।
‘सरकारी अस्पतालको जिम्मेवारी लिनु भएका साथीदेखि एम्बुलेन्स, ट्याक्सी ड्राइभरसम्मको मिलेभगत हुन्छ । सरकारी अस्पतालबाट बिरामी अर्को ठाउँमा पुर्र्याबापत कमिशन प्राप्त हुन्छ’, उनले भने, ‘अन्तिमममा थला परेको बिरामी पार लाग्दैन भन्ने भएपछि निजी क्षेत्रबाट बिरामीको काज फिर्ता भएर सरकारी अस्पतालमा आउँछ भन्ने सुनेको छुँ ।’
मन्त्री ढकालले सरकारी चिकित्सकको प्रवृत्तिप्रति कटाक्ष गरे । डाक्टरले के गर्न हुन्छ र के गर्न हुँदैन भनी आचारसंहिता बनाइ स्वेतपत्र जारी गर्नुपर्नेमा उनले जोड दिए ।
‘स्वेतपत्र जारी गरी त्यसका आधारमा डाक्टरको आचरण र व्यवहार भयो कि भएन भनेर दुनियाँले मूल्यांकन गर्दा परीक्षामा पास हुने खालको व्यवहार रह्यो भने अस्पताल सुधार्न गाह्रो हुँदैन’, मन्त्री ढकालले भने ।




प्रतिक्रिया