काठमाण्डु – नेकपा एमाले स्थायी कमिटी सदस्य एवं जनसंगठन समन्वय संयन्त्र प्रमुख भानुभक्त ढकालले शिक्षामन्त्रीले शिक्षकलाई आतंकित बनाउने काम गरेको बताएका छन् ।
शनिबार काठमाण्डुमा आयोजित नेपाल बुद्धिजीवी परिषद्को राष्ट्रिय परिषद् भेलामा बोल्दै ढकालले शिक्षकलाई राजनीतिमा लागे जागिरबाट निकालिदिने पत्र पठाएर आतंकित बनाउने काम गरिएको भन्दै विरोध जनाए ।
‘सरकारी मान्छे देख्दा पनि शिक्षक, अरू कर्मचारी आतंकित हुने स्थिति छ,’ ढकालले भने ।
यस्ता खालका समस्याको समाधान सही बाटोबाट खोज्नुपर्नेमा उनले जोड दिए । हिजो विरोधको राजनीतिको नेतृत्व गर्दा हुनेमा अहिले निर्माणको राजनीतिमा लाग्नुपर्नेमा उनले जोड दिए ।
नेता ढकालले बेथितिको कुरा आउँदा त्यसलाई चिरेर अघि बढ्नुपर्ने बताए । अहिले एमाले सरकारमा गएको भए पनि चाहेको सबै कुरा पूरा नहुने उनले बताए ।
एमालेको एकल बहुमतको सरकार नबन्दासम्म सरकारले सोचेजस्तो प्रगतिशील काम गर्न नसक्ने उनले बताए ।
एमालेभित्र अझै केही विकृति बाँकी नै रहेको उनले बताए । एमालेलाई सिध्याउन एमाले नै लाग्ने उनले स्पष्ट पारे । चुनावमा मान्छे लगाएर चुनाव हराउने र अघिपछि पोल लगाएर दुःख दिने कुराले पार्टीलाई अघि नबढाउने उनले बताए ।




प्रतिक्रिया