भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य


काठमाण्डु- भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । आज इण्डियन आयल कर्पोरेशन (आईओसी)ले घटेको मूल्य पठाएको हो । भारतबाट पेट्रोलको मूल्य प्रतिलिटर ०.३४ रुपैयाँले र डिजेलको मूल्य प्रतिलिटर २.४७ रुपैयाँ घटेर आएको आयल निगमले जानकारी दिएको छ ।

अब सोही मूल्यका आधारमा निगमले उपभोक्ता मूल्य घट्ने वा बढ्नेबारे निर्णय गर्नेछ । भारतीय आयल कर्पोरेसन आइओसीबाट प्राप्त नयाँ मूल्यपछि निगम १५ दिनमा ५० करोड रुपैयाँ नाफामा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement