काठमाण्डु – ओमिक्रोन संक्रमण बढेपछि उत्तर प्रदेशमा रातको समयमा कफ्र्यू घोषणा गरिएको छ । शुक्रबारदेखि राति ११ बजेदेखि बिहान ५ बजेसम्म कफ्र्यू लगाइएको हो ।
यसको अतिरिक्त उत्तर प्रदेशमा थप प्रतिबन्धहरु घोषणा गरिएका छन् । जसअनुसार विवाह र सामाजिक कार्यमा २०० जनालाई मात्र सहभागी हुन अनुमति दिइएको छ । सामाजिक जमघटमा कोभिडसम्बन्धी सम्पूर्ण मापदन्ड पालना गर्नुपर्नेछ ।
यसअघि बिहीबार मध्य प्रदेशमा रात्रिकालिन कफ्र्यू लगाइएको थियो । कोभिडको कारण जनाउदै राति ११ बजेदेखि बिहान ५ बजेसम्मका लागि कफ्र्यू लगाइएको मध्ये प्रदेशका मुख्यमन्त्री शिवराज चौहानले बताए । मध्य प्रदेशमा अहिलेसम्म ओमिक्रोनका बिरामी भेटिएका छैनन् ।
भारतमा अहिलेसम्म २३६ जनामा ओमिक्रोन भेरियन्ट देखिएका छन् ।




प्रतिक्रिया