भारतले दियो अफगानिस्तानलाई १ सय ८२ रनको लक्ष्य

भारतले दियो अफगानिस्तानलाई १ सय ८२ रनको लक्ष्य

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- भारतले अफगानिस्तानलाई १ सय ८२ रनको लक्ष्य दिएको छ। टी-२० अन्तर्गत सुपर आठको पहिलो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ८१ रन बनाएकाे हाे।

भारतका लागि सुर्यकुमार यादवले २८ बलमा ५ चौका र ३ छक्का प्रहार गर्दै ५३ रन बनाए। त्यस्तै विराट कोहलीले २४ रन बनाउँदा हार्दीक पाण्ड्याले ३२ रन बनाए। यस्तै ऋषभ पन्तले २० रन बनाउँद शिवम् दुवेले १० रन बनाए।

अफगानिस्तानका लागि रसिद खान र फजलहक फारुखीले ३-३ विकेट लिए भने नभिन उलहकले १ विकेट लिए।