भारतमा सवारी दुर्घटना : एकैपरिवारका तीनसहित ४ जना नेपालीको मृत्यु

भारतमा सवारी दुर्घटना : एकैपरिवारका तीनसहित ४ जना नेपालीको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– भारतको हिमाञ्चल प्रदेशको सिमला जिल्लाको कोटखाई नजिक सोमबार बिहान भएको सवारी दुर्घटनामा ४ नेपालीको ज्यान गएको छ भने दुई जना घाइते भएका छन्।

मृतकमा सल्यानको कुमाख गाउँपालिका–४ का ५० वर्षीय डिल्लीबहादुर शाही, ३६ वर्षीय एकेन्द्र शाही, २६ वर्षीय लक्ष्मी मल्ल शाही र ३३ वर्षीय राजेश विष्ट रहेका छन्। तीनजना मृतक एकै परिवारका भएको बताइएको छ।

दुर्घटनामा घाइते भएकामध्ये नवराज शाही उपचाररत छन् भने गम्भीर घाइते डिल्लीबहादुर शाही र लक्ष्मी मल्ल शाहीको उपचारकै क्रममा ज्यान गएको हो।

प्रहरीका अनुसार चालकले सवारीको नियन्त्रण गुमाउँदा पिकअप जिप भीरबाट खसेको थियो। मृतकका शव पोस्टमार्टमका लागि पठाइएको छ र उनीहरूको परिवारलाई खबर गरिएको छ।

याे दुर्घटनामा गाडी चालक भारतीय नागरिक जोगिन्दर सिंहको पनि मृत्यु भएकाे छ। मृतक सबैकाे पोष्टमार्टमपछि शव नेपाल ल्याउने तयारी छ। मृतकलाई किरिया खर्चसहित भारतीय पक्षले चार लाख २५ हजारका दरले राहत दिने जानकारी गराएकाे बताइएकाे छ ।