काठमाण्डु– चितवनको भरतपुर महानगरपालिकाका तत्कालीन वरिष्ठ इन्जिनियर भरतकुमार आचार्यविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार आचार्यविरुद्ध गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
आचार्यले पदीय मर्यादा विपरीतका कार्यहरू गरी स्रोत पुष्टि हुन नसक्ने गरि ६ करोड ७८ लाख ९१ हजार रुपैयाँ बराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको अख्तियारले जनाएको छ ।
आयोगको आरोपपत्रमा गैरकानुनी रूपमा आर्जन गरेको पैसाबाट श्रीमती लिली सुवेदीको नाममा समेत सम्पत्ति खरिद गरेको पाइएको उल्लेख छ ।
आचार्य र उनका एकाघर परिवारका सदस्यहरूले वैधानिक रूपमा ३ करोड ५१ लाख ८ हजार २१० रुपैयाँ आयआर्जन गरेको देखिएको छ ।
आचार्य र सुवेदी उपर मुद्दा दायर गरिएको आयोगले जनाएको छ । उनीहरुविरुद्ध ६ करोड ७८ लाख ९१ हजार १५ रुपैयाँ १४ पैसा बिगो माग गरिएको छ ।




प्रतिक्रिया