भारतका विदेशमन्त्री एस. जयशंकर र चीनका राष्ट्रपति सी चिनफिङबीच भेट

भारतका विदेशमन्त्री एस. जयशंकर र चीनका राष्ट्रपति सी चिनफिङबीच भेट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु— भारतका विदेशमन्त्री एस. जयशंकरले चीनको राजधानी बेइजिङमा राष्ट्रपति सी चिनफिङसँग भेट गरेका छन्।

जयशंकरले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत सीसँगको भेटका विषयमा जानकारी दिएका छन्। उनले लेखेका छन्, “मैले राष्ट्रपति सी चिनफिङलाई भारत–चीन द्विपक्षीय सम्बन्धमा हालैका घटनाक्रमबारे जानकारी गराएँ। यो सन्दर्भमा दुवै देशका नेताहरूको मार्गदर्शनलाई हामी विशेष महत्त्वका साथ लिन्छौं।”

जयशंकर चीनको राजधानी बेइजिङमा आयोजना भएको सांघाई सहयोग संगठनको सम्मेलनमा सहभागी हुन गएका हुन्।

भ्रमणको क्रममा उनले सोमबार चिनियाँ समकक्षी वाङ यीसँग पनि भेटवार्ता गरेका थिए। बैठकपछि जयशंकरले दुवै देशबीचको द्विपक्षीय सम्बन्ध, विशेषगरी सीमा विवाद समाधानबारे गहन छलफल भएको बताएका थिए।

२०२० मा पूर्वी लद्दाखको वास्तविक नियन्त्रण रेखा  (LAC)  मा भएको सैन्य झडपपछि भारतीय विदेशमन्त्रीको यो पहिलो चीन भ्रमण हो।