काठमाण्डु – भारतमा पछिल्लो २४ घण्टामा थप १० हजार ३०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधिमा २६७ जनाको मृत्यु भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।
नयाँ संक्रमितमध्ये आधाभन्दा बढी केरला प्रदेशका मात्रै रहेका छन् । मन्त्रालयका अनुसार केरलामा पाँच हजार ७५४ नयाँ संक्रमित भएका हुन् । त्यसैगरी केरालामा मात्रै ४९ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको छ ।
भारतको केरलामा पछिल्लो समय कोरोना भाइरसको महामारीको प्रभाव सबैभन्दा धेरै परेको छ ।




प्रतिक्रिया