काठमाण्डु– भारतका प्रसिद्ध धर्मगुरु कालीदास बाबा (स्वामी १००८ कृष्णानन्द जी महाराज)ले भारतले नेपाल हिन्दुराष्ट्र भएको देख्न चाहेको बताएका छन् ।
हालै काठमाडौंमा भएको राजावादीहरुको प्रदर्शनमा योगी आदित्यनाथको तस्विर सार्वजनिक भएको विषयमा बोल्दै उनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सँधै हिन्दुराष्ट्रका पक्षमा रहेको बताएका हुन् ।
उनले भने ‘एक अभिभावकका रुपमा राजसंस्था चाहिन्छ । नेपालका नेताहरुले पनि वाध्य भएर गणतन्त्र रोज्नुभएको हो । उहाँहरुले म सँगको कुराकानीमा वाध्यताले राजसंस्था हटाउनुपरेको बताइरहनु भएको छ । हामीले पहिल्यैदेखि देवी देउता, देउराली, ढुंगा, आकाश–पाताल, पृथ्वी, कुल मान्दै आएका हौं । त्यसैले राजसंस्थाको अलग्गै महत्व छ,’ ।
उनले थपे ‘राजसंस्था र हिन्दुराष्ट्र परिपूरक पनि हुन् ।’ गोरक्षपीठाधीश्वर योगी आदित्यनाथ राजा ज्ञानेन्द्रलाई श्री ५ वडामहाराजधिराज भनेर सम्बोधन गर्नुहुन्छ । राजसंस्था कायम होस भन्ने चाहनुहुन्छ ।’
राजावादीको विरोधमा देशका उच्च पदको जिम्मेवारीमा बसेको नेताहरुले अपशब्द प्रयोग गरेर गाली गरेको भन्दै उनले आपत्ति पनि जनाए ।उनले देश नै उत्तेजित भएको अवस्थामा उच्च पदको जिम्मेवारीमा बसेको नेताहरुले अपशब्द प्रयोग गरेर गाली गरेर जलेको आगोमा पेट्रोल छर्ने काम गरेको बताए ।
उनले भने,‘देशमा ठूलो जिम्मेवारी र पदमा बसेकाहरुले अपशब्द गाली पनि गरिएका छन् । यसरी आज देश नै उत्तेजित भएको अवस्थामा जलेको आगोलाई पानी आलेर निभाउनुपर्नेमा आगोमा पेट्रोल हालेको अवस्था छ ।’
विदेशमा गएर पसिना बगाएका युवाहरुले पठाएको रेमिटेन्सबाट नेताहरुले आफ्नो स्वार्थसिद्धि गरेको उनले आरोप लगाए । उनले जलस्रोत, खनिज पदार्थ, जडिबुटीको धनी र स्वाभिमान नेपालीहरुका नेपाल आज धरधरी रोइराखेको बताए ।




प्रतिक्रिया