भारतले निर्वाचनका लागि दिएका गाडी अर्थ मन्त्रालयलाई हस्तान्तरण

भारतले निर्वाचनका लागि दिएका गाडी अर्थ मन्त्रालयलाई हस्तान्तरण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– भारत सरकारले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि सहयोगस्वरूप उपलब्ध गराएका सवारी साधन अर्थ मन्त्रालयलाई हस्तान्तरण गरिएको छ।

बिहीबार भारतीय दूतावासले क्याबिन पिकअप भ्यानसहितका सवारी साधन अर्थ मन्त्रालयलाई बुझाएको हो।

भारत सरकारले नेपाललाई कुल ६५० वटा विभिन्न किसिमका सवारी साधन उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।

तीमध्ये यो दोस्रो चरणको हस्तान्तरण हो। यस चरणमा करिब २२० वटा सवारी साधन प्रदान गरिएको छ।