काठमाडौं – सरकारले रेल किनेर जयनगरदेखि जनकपुरसम्म सञ्चालन गर्ने तयारी गरेको छ। भारतीय सहयोगमा निर्मित ३५ किमि दूरीको रेलमार्गमा अब नेपालकै रेल गुड्नेछ। यसअघि भारतबाट भाडामा रेल ल्याएर मंसिरदेखि रेल सञ्चालन गर्ने तयारी थियो। ‘ तर रेल नहुँदा समस्या भएको थियो । ’
अब आफैं रेल किन्ने निर्णय भएको छ। यसले गर्दा रेल सञ्चालनमा ढिलाइ भएको हो।’ अब जयनगर-कुर्थामा चलाउने आफ्नै रेल चलाउने सरकारी निर्णयसँगै भारतसँग एक सेट रेल किन्ने प्रक्रिया सुरू भएको छ। रेलवे विभागका महानिर्देशक बलराम मिश्रले भारत सरकारसँग रेल किन्नका लागि प्रस्ताव पठाइ सकिएको छ।
‘भारतमा पनि रेल बनाउने सरकारी कम्पनीले नै हो, हामीले प्रस्ताव पठाएका छौं,’ मिश्रले भने, ‘उताबाट तत्काल रेल भए-नभएको जानकारी आएको छैन। केही दिनमा आउला।’ मिश्रले सरकारको निर्णय अनुसार तत्कालका लागि एक सेट रेल किन्न प्रस्ताव पठाएको छ। यसअघि पुस पहिलो साताको बसेको मन्त्रिपरिषद् बैठकले रेल किन्न पचास करोड रूपैयाँ बजेट छुट्टाएको थियो। दुई सेट रेल किन्न झन्डै १ अर्ब लाग्ने भए पनि सरकारले पहिलो चरणमा आधा रकम छुट्याएको हो।
भारतसँग भाडामा रेल लिएर चलाउने तयारी सरकारले अगाडि बढाए पनि प्रधानमन्त्री केपी शर्मा ओली रेल किन्ने पक्षमा उभिएका थिए। सरकारले छ महिनाभित्र भारतको जयनगरबाट जनकपुर आउने रेल सञ्चालन हुने बताएको छ।




प्रतिक्रिया