भारत-पाकिस्तान द्धन्द्ध :संयमता अपनाउन नेपालको आग्रह

भारत-पाकिस्तान द्धन्द्ध :संयमता अपनाउन नेपालको आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – भारत प्रशारित-जम्मू कश्मिरको पुलवा जिल्लामा १४ फेव्रवरीमा भारतीय सुरक्षाकर्मीमाथि भएको आंतककारी हमलापछि भारत पाकिस्तानबीच द्धन्द्ध चर्किएकोप्रति नेपाल सरकारले चिन्ता व्यक्त गर्दै दुवै पक्षसँग वार्ता तथा शान्तिपूर्ण तरिकाबाट तनाव घटाउन, परिस्थितिलाई सामान्य बनाउन र वार्ताबाट समाधान खोज्न आग्रह गरेको छ ।

नेपाल सरकारले तनावग्रस्त भारत(पाकिस्तान दुवैसँग अत्यन्तै संयमता अपनाउन र यस क्षेत्रको शान्ति र सुरक्षामा खतरा र्पुयाउने कुनै पनि गतिविधिमा नलाग्न दुवै देशलाई आग्रह गरेको हो । नेपालले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को अध्यक्षको हैसियतमा दक्षिण एसियामा शान्ति र स्थायित्वको महत्वलाई आत्मसाथ गर्दै भारत र पाकिस्तान दुवैसँग संयम हुन परराष्ट्र मन्त्रालयले पत्रमार्फत आग्रह गरेको छ ।

पलुवामा ४६ सुरक्षाकर्मी मारिएको १२ दिनपछि मंगलबार भारतीय वायुसेनाका १२ वटा विमानले ‘लाइन अफ कन्ट्रोल’ पार गरेर एक सय २० किलोमिटरभित्र पाकिस्तानमा वम प्रहार गरेको थियो। त्यसको भोलिपल्ट उक्त विमानका चालक मध्ये एक जना पाकिस्तानको नियन्त्रण रहेको सूचना बाहिरिएको छ। भारतले अहिले पाकिस्तानी सिमा क्षेत्रमा सैनिक सर्तकता अपनाएको छ । भारतले पाकिस्तानलाई चेतावनी समेत दिएको छ ।

बम प्रहारको भारतभर उत्सभ मनाइएपनि पाकिस्तानले बम जंगलमा खसाइएको र रुखलाई मात्रै क्षति पुगेको प्रतिक्रिया दिएको छ। उसले भारतीय बम आक्रमणको आफ्नै शैलीमा विचारपूर्वक जवाफ दिने बताएको छ। त्यसको असर नेपालमा पर्ने आशंका बढिरहेका बेला नेपाल सरकारले आधिकारिकरुपमा मुख खोलेको हो।