स्मृति इरानीसँग राहुल गान्धी २ हजार मतले पछाडी


एजेन्सी – भारतमा आज बिहीबार लोकसभा निर्वाचनको मतगणना हुँदैछ ।

मतगणनाको शुरूवाती समयमा भारतीय जनता पार्टीले अग्रता लिएको छ । प्रारम्भिक मतगणना अनुसार सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) ले स्पष्ट बहुमत ल्याउने संकेत देखिएको छ ।

प्रारम्भिक नतिजाले नै अन्तिम नतिजा प्रष्ट पार्ने नभएपनि नतिजाको संकेत भने दिने गरेको छ । ३४३ क्षेत्रको मत सार्वजनिक हुँदासम्म भाजपा गठबन्धन २१३, विपक्षी भारतीय कांग्रेस गठबन्ध ६६ र अन्य दलले ६५ निर्वाचन क्षेत्रमा अग्रता लिएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

विपक्षी गठबन्धनबाट प्रधानमन्त्रीको ‘चेहरा’को रुपमा हेरिएका कांग्रेस अध्यक्ष राहुल गान्धी पछाडि परेका छन् । भाजपा उम्मेदवार तथा पूर्वमन्त्री स्मृति इरानीले गान्धीलाई २ हजार मतले पछाडि पारेकी छन् ।

यसअघिको निर्वाचनमा गान्धीले इरानीलाई पराजित गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement