भारतमा ५० रुपैयाँले बढ्यो ग्यासको मूल्य

भारतमा ५० रुपैयाँले बढ्यो ग्यासको मूल्य

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – भारतमा बुधबारदेखि एलपीजी ग्यास सिलिन्डरको मूल्य ५० रुपैयाँले बढेको छ । बढेको मूल्य आजै रातिदेखि लागू हुनेछ । समाचार एजेन्सी एएनआईका अनुसार अब राजधानी दिल्लीमा एलपीजी सिलिन्डरका लागि १ हजार ५३ भारु तिर्नुपर्नेछ ।

यस्तै, ५ केजीको घरेलु सिलिन्डरको मूल्य पनि प्रतिसिलिन्डर १९ रुपैयाँले बढेको छ भने १९ केजीको व्यावसायिक सिलिन्डरको मूल्य साढे आठ रुपैयाँले घटेको छ । गत साता नै व्यावसायिक सिलिन्डरको मूल्य करिब दुई सय रुपैयाँ घटेको थियो ।