भारतिय विदेशमन्त्रीपछि सेना प्रमुख नेपाल भ्रमणमा आउंदै


काठमाडौं – नेपाली सेना दिवसको उपलक्ष्यमा भारतीय सेना प्रमुख विपिन रावत नेपाल आउने भएका छन् । प्रधानसेनापति राजेन्द्र क्षेत्रीको निमन्त्रणामा भारतीय सेना प्रमुख रावत नेपाल आउन लागेका हुन् ।

रावत माघ २९ गते नेपाल आउने सैनिक स्रोतले जनाएको छ । नेपाली सेनाले शिवरात्रीको दिन सेना दिवस मनाउंदै आएको छ ।

शिवरात्रि यसपटक फागुन १ गते छ । सेना दिवशमा आयोजना हुने विशेष कार्यक्रममा अतिथिका रुपमा सहभागी हुने रावत फागुन २ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

सेना दिवसमा विदेशका सेना प्रमुख नेपाल आउन लागेको यो पहिलो पटक हो । नेपाल र भारतका सेनाले एक अर्काका सेना प्रमुखलाई मानार्थ प्रमुख मान्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement