रिगल ढकालकाे आममाफीविरुद्ध भारतीले पुनःसुरु गरिन् अनसन

रिगल ढकालकाे आममाफीविरुद्ध भारतीले पुनःसुरु गरिन् अनसन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भारती मानन्धरले दशैँ सकिएसँगै पुनः रिले अनसन शुरु गरेकी छन् ।

श्रीमान् चेतन मानन्धरको हत्या प्रकरणमा जन्मकैदको सजाय पाएका रिगल भनिने योगराज ढकाललाई आममाफी दिने राष्ट्रपति रामचन्द्र पौडेलको निर्णयविरुद्ध भारती मानन्धरले पुन: आइतबारबाट माइतीघरमा अनसन थालेकी हुन् ।

२०७२ सालमा नेपालगञ्जमा चेतनलाई रिगलकै योजनामा खुँडा प्रहार गरी हत्या भएको भन्दै अदालतले दोषी ठहर गरेको थियो ।

घटनामा संलग्न अन्य १० जनालाई संलग्नताको प्रकृति हेरर तीन वर्षदेखि १० वर्षसम्म कैद सजाय तोकिएको थियो । तर संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिले कैद मिनाहा गरेपछि रिगल छुटेका थिए ।

सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएपछि तीव्र विरोध भएको थियो । भने चेतन पत्नी भारतीले राष्ट्रपतिको निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गराएकी छन् । जसको पेशी कार्तिक १४ गतेलाई तोएिको छ ।